Rule 165
सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रको गठन र सञ्चालन
: (१) सशस्त्र प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक विकास, खेलकुद तथा मनोरञ्जन साथै सशस्त्र प्रहरी कर्मचारी र निजका परिवार तथा निवृत्त सशस्त्र प्रहरी कर्मचारी परिवारको स्वास्थ्य उपचार, उल्लेखनीय कार्य गर्ने बहालवाला तथा भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीको सम्मान, कल्याणकारी तथा रचनात्मक कार्य सम्बन्धी क्रियाकलापको सञ्चालन र व्यवस्थापन गर्न प्रधान कार्यालयको प्रत्यक्ष नियन्त्रणमा रहने गरी एक सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रको गठन गर्न सकिनेछ ।
(२) कल्याणकारी सेवा केन्द्रको सञ्चालन प्रधान कार्यालयको सिफारिसमा नेपाल सरकारबाट स्वीकृत कार्यविधि बमोजिम हुनेछ ।
(३) कल्याणकारी सेवा केन्द्रको एउटा छुट्टै कोष रहनेछ र सो कोषमा देहायका रकमहरु रहनेछन् :–
(क) संयुक्त राष्ट्र संघको मिसनमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुबाट प्राप्त रकम,
(ख) नेपाल सरकार वा मान्यता प्राप्त सङ्गठित संस्था वा व्यक्तिबाट सहयोग स्वरुप प्राप्त रकम,
(ग) विदेशी सरकार वा संघसंस्थाबाट अनुदान स्वरुप प्राप्त रकम,
(घ) कल्याणकारी सेवा केन्द्रको कोषको चल, अचल सम्पत्तिको लगानी र प्रयोगबाट आर्जित रकम,
(ङ) कल्याणकारी सेवा केन्द्रको कोषबाट संयुक्त राष्ट्र संघको मिशनमा लगानी गरेकोमा संयुक्त राष्ट्रसंघ बाट सोधभर्ना वापत प्राप्त हुने रकम,
(च) अन्य प्रचलित कानूनी स्रोतबाट प्राप्त रकम ।
(४) उपनियम (३) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु अघि प्रधान कार्यालयले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(५) उपनियम (३) बमोजिमको कोषमा रहने रकम नेपाल राष्ट्र बैंकले “क” वर्गको ईजाजत प्रदान गरेको नेपालको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ र त्यस्तो खाताको सञ्चालन उपनियम (१२) बमोजिमको सञ्चालक समितिले तोके बमोजिम हुनेछ ।
(६) उपनियम (३) बमोजिमको कोषको रकम बहालवाला तथा निवृत्त सशस्त्र प्रहरी कर्मचारी र तिनका परिवारको कल्याणकारी कार्यमा मात्र खर्च गरिनेछ ।
(७) यो नियमावली प्रारम्भ हुनु अघि स्थापना भएको कल्याणकारी सेवा केन्द्रको कोषको चलअचल सम्पत्ति तथा दायित्व यो नियमावली प्रारम्भ भए पछि उपनियम (३) बमोजिमको कोषमा सर्नेछ ।
(८) उपनियम (३) बमोजिमको कोषको लेखा प्रचलित कानून बमोजिम राखिनेछ । सो कोषको आन्तरिक लेखापरीक्षण उपनियम (१२) बमोजिमको सञ्चालक समितिले तोकेको लेखापरीक्षकले गर्नेछ र अन्तिम लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।
(९) नेपाल सरकारले चाहेमा जुनसुकै बखत पनि उपनियम (३) बमोजिमको कोषको हिसाब किताब जाँच गर्न वा जाँच गर्न लगाउन सक्नेछ ।
(१०) उपनियम (३) बमोजिमको कोषको योजना, बजेट, प्रगति तथा वार्षिक आयव्यय समेत उल्लेख गरी उपनियम (१२) बमोजिमको सञ्चालक समितिले वार्षिक प्रतिवेदन सार्वजनिक गर्नु पर्नेछ ।
(११) सशस्त्र प्रहरी महानिरीक्षक कल्याणकारी सेवा केन्द्रको कोषको संरक्षक हुनेछ ।
(१२) उपनियम (३) बमोजिमको कोषको सञ्चालन तथा व्यवस्थापनका लागि देहाय बमोजिमको एक सञ्चालक समिति रहनेछ :–
(क) सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, प्रधान प्रशासन विभाग –अध्यक्ष
(ख) प्रमुख, ए.पी.एफ.अस्पताल –सदस्य
(ग) प्रतिनिधि, मन्त्रालय (राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत) –सदस्य
(घ) प्रतिनिधि, अर्थ मन्त्रालय (राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत)–सदस्य
(ङ) प्रधान कार्यालय कानून शाखा प्रमुख, –सदस्य
(च) बहालवाला सशस्त्र राजपत्राङ्कित र राजपत्र अनङ्कित तहका
सशस्त्र प्रहरी कर्मचारी मध्येबाट संरक्षकले मनोनित गरेका
दुई दुई जना प्रतिनिधि –सदस्य
(छ) प्रधान कार्यालय, कल्याण शाखा प्रमुख –सदस्य–सचिव
(१३) उपनियम (१२) को खण्ड (च) बमोजिम मनोनित सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ ।
(१४) उपनियम (१२) बमोजिमको सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) कल्याणकारी सेवा केन्द्रको कोषको आयव्यय र वार्षिक कार्यक्रम स्वीकृत गर्ने,
(ख) नेपाल सरकारको स्वीकृतिमा (एफ.पि.यु.) मिशनका लागि आवश्यक पर्ने बन्दोबस्ती सामानहरुमा गरिने लगानी सम्बन्धी निर्णय गर्ने¸
(ग) कल्याणकारी सेवा केन्द्रको कोष सञ्चालनका लागि आवश्यक कार्यविधी स्वीकृत गर्ने,
(घ) कल्याणकारी सेवा केन्द्रको कोषका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने,
(ङ) कल्याणकारी सेवा केन्द्रको कोषबाट सञ्चालन गरिने कल्याणकारी कार्यक्रमहरु छनोट गर्ने, थपघट तथा संसोधन गर्ने,
(च) मन्त्रालय तथा कल्याणकारी सेवा केन्द्रको कोषको संरक्षक समक्ष कोषको अवस्था र सञ्चालित कल्याणकारी कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने,
(छ) कल्याणकारी कार्य, आयमूलक कार्य तथा कल्याणकारी योजना तर्जुमा, कार्यान्वयन, समन्वय तथा अनुगमन गर्ने,
(ज) कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीका परिवारको सम्बन्धमा आवश्यक पर्ने कल्याणकारी कार्य गर्ने,
(झ) कल्याणकारी कार्य अन्तर्गतका सुविधा तथा सहुलियत घटाउने, बढाउने वा हटाउने,
(ञ) सशस्त्र प्रहरी बलले उपभोग गरिरहेको जग्गा तथा भौतिक पूर्वाधारमा प्रधान कार्यालयसँग सम्झौता गरी कल्याणकारी कार्य गर्ने,
(ट) कल्याणकारी कार्य, आयमूलक कार्य तथा कल्याणकारी योजना सञ्चालन भएका स्थानको सुरक्षाको लागि आवश्यकता अनुसार सशस्त्र प्रहरी कर्मचारी खटाउने,
(ठ) चल अचल सम्पत्ति प्राप्त गर्ने, खरिद गर्ने, बहालमा लिने, उपयोग गर्ने तथा बेच बिखन गर्ने ।